भारतमा भाजपाले जित्दा वीरगन्जमा ब्यानरसहित र्‍याली

182

काठमाडौं / भारतमा हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनतापार्टीले जित हासिल गरेको छ । भाजपाको जितसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने निश्चित भएको छ । भारतमा लोकसभा निर्वाचनमा भाजपाले बहुमत ल्याएपछि नेपालको वीरगन्जमा खुसीयाली मनाइएको छ। विभिन्न समूहले वीरगन्जमा ब्यानरसहित र्‍याली निकालेका छन्।

सहर परिक्रमा गर्दै विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ भने मिठाइ पनि बाडिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जितको खुसीयालीमा विश्व हिन्दू संगठन ओईसही नागरिक समाजले र्‍याली निकालेका हुन्।

र्‍यालीमा हर हर मोदी, घर घर मोदी, आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here