नेपालकी सुष्मा  एसियन यू-२२ बक्सिङमा दाेस्राे स्थान चित्त बुझाउन बाध्य

57

काठमाडौं ।  सुष्मा तामाङ (रातो)सुष्मा तामाङ (रातो) नेपालकी सुष्मा तामाङ एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्न चुकेकी छिन्।

आज थाइल्यान्डको बैंककमा भएको ४५ केजी तौल समूहको स्वर्ण भिडन्तम सुष्मा पराजित भएकी हुन्। सुष्मालाई उज्वेकिस्तानकी फोजिलोभा फारजोनाले ५-० अंकले पराजित गरिन्। जससँगै सुष्मा रजतमा सीमित बन्न पुगिन्। यसअघि सुष्माले मंगोलियाकी बेइसेनबेल जनारगुलीलाई सेमिफाइनलमा आरएससीका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

नेपालले एसियन स्तरको बक्सिङ प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक थियो। स्वर्ण जितेर अर्को इतिहास बनाउन भने सुष्मा चुकिन्। च्याम्पियनसिपमा सहभागी नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगु सेमिफाइनलबाटै पराजित भएका थिए।

उनीहरु दुवै जन कास्य पदकमा सीमित भए। महिलातर्फ ७५ केजी तौल समूहमा त्रिशा जवेगु काजिकिस्तानकी एरजन गुल्सायसँग र पुरुषतर्फ ८६ केजी तौल समूहमा नेपाली मुक्केबाज विजय बाटा इन्डोनेसियन मुक्केबाज मोसकिता माईकलसँग सेमिफाइनलमा पराजित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here