प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

99

कपिलवस्तु / प्रभु बैंकले आफ्नो नयाँ शाखा विस्तारका क्रममा कपिलवस्तुको चन्द्रौटामा कार्यालय संचालनमा ल्याएको छ ।
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंकले कपिलवस्तुको शिवराज नगरपालिका ५ स्थित चन्द्रौटामा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

शाखाको शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका छन् । अधिकारीले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै चन्द्रौटा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे ।

चन्द्रौटा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here