दैलेख / सुर्खेतबाट दैलेखको ठाटिकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना ८ ख ३२८३ नम्बरको मिनि ट्रक दैलेखको गुराँस गाउँपालिका वडा नं. १ निगाल झाप्रामा दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दैलेखको ठाटिकाध गाउँपालिका ६ का धर्म थापा, जोर बहादुर थापा र दिपेन्द्र थापा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले उल्लेख गर्नु भयो ।
गाडी सडकबाट ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको भएपनि गएराती ९ बजेतिर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएका छन् । गएराती ७ बजेर ५५ मिनेटमा सुर्खेतको वड्डीचौरमा ट्रक इन्टि गरेर गएकोले ९ बजे दुर्घटना हुनसक्ने प्रहरीको अनुमान छ । ट्रकमा पेट्रोलको जर्किन राखिएकोले दुर्घटनासँगै पेट्रोलका कारण आगलागी भएको क्षेत्रीले बताए ।


















