काठमाडौं / काठमाडौं महानगरपालिका -१५ सानोभर्याङबाट श्रोत नखुलेको नगद ९ लाख ६० हजार रुपैयाँ सहित रसुवा गोसाईकुण्ड गाउँपालिका९३ घर भई हाल नागर्जुन नगरपालिका९२ वुद्धचोक बस्ने २९ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा९४ प ४१४३ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक लामालाई उक्त नगद र विल नभएको घडी १० थान सहित फेला पारी पक्राउ गरेको हो ।


















