मोदीको पुनः उदयले नेपालमा के फरक पर्छ ?

179

काठमाडौ, भारतमा हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनतापार्टीले जित हासिल गरेको छ । भाजपाको जितसँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने निश्चित भएको छ । पहिलो पटक प्रधानमन्त्री हुँदा संविधानमा असन्तुष्टि जनाउँदै नेपालमा नाकाबन्दी लगाएका मोदी दोस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री हुने निश्चित भएपछि त्यसले नेपालमा कस्तो प्रभाव पार्ला भन्नेमा धेरैको जिज्ञासा रहेको छ ।

मोदीको जितले हिन्दुराज्य र राजसंस्थाको माग गर्ने समुहलाई उत्साहित बनाएपनि नेपालमा स्थिर सरकार भएकाले मोदीको पुनः आगमनले तत्कालै खासै प्रभाव नपर्ने कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् । मोदीको नेपाल नीति पछिल्लो समय केही लचिलो देखिएकाले त्यसबाट नेपाललाई फाइदा नै पुग्ने विज्ञहरुको तर्क छ ।

पछिल्लो समय नेपालमा हिन्दु राज्यको आवाज चर्काे रुपमा उठिरहेका बेला मोदीको उदयले केही अर्थ राख्न सक्ने कतिपय विज्ञहरुको तर्क छ । तर नेपालको अवस्था पहिलेजस्तो नरहेकाले भारतले हस्तक्षेप नै गरेर आफ्ना एजेन्डा लाद्न सक्ने अवस्था भने अहिले नरहेको विज्ञहरुको तर्क छ ।

नेपाल र चीनबीच भएको यातायात तथा पारवहन सम्झौताले पनि भारतले नेपाललाई नाकाबन्दीका माध्यमबाट दबाब सिर्जना गर्न सक्ने अवस्थाको अन्त्य भएकाले मोदीको आगमनबाट तर्सिनु पर्ने अवस्था नरहेको कतिपय विज्ञहरुको तर्क छ । नेपालले आफ्नो स्वार्थलाई प्राथमिकतामा राख्न सकेमा मोदीको शासनकालमा भारतसँगको सम्बन्ध अझ सुमधुर हुनसक्ने पनि कतिपयको विश्लेषण रहेको छ । पहिलो पटक नेपाल भ्रमण गर्दा निकै चर्चा र प्रशंसा कमाएका मोदी नाकाबन्दी पछि भने नेपालीहरुका बीचमा अलोकप्रिय बन्दै आएका छन् ।

यो पनि पढ्नुहोस्:

लाल आयोगको प्रतिवेदन उपयुक्त समयमा सार्वजनिक हुन्छ : सञ्चारमन्त्री बास्कोटा 

http://swaviman.com/news/2019/05/24/37084.phtml

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here