काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकले गरेका निर्णय सुनाउँदै मेलम्ची आयोजनाका बाँकी काम तत्काल अघि बढाउने जानकारी दिए। इटालियन सिएमसी कम्पनीले आयोजनाको काम छाडेर हिँडेपछि रोकिएको काम अब तीव्र रूपमा अघि बढाउने जनाएको छ ।
सरकारका प्रवक्ता मन्त्री बास्कोटाले लाल आयोगको प्रतिवेदन अध्ययन गरिरहेको भन्दै आवश्यक परे सरकारले उपयुक्त समयमा सार्वजनिक गर्ने स्पष्ट पारेका छन् । बाँस्कोटाले भने, ’राजपाले लाल आयोगको प्रतिवेदनको विषय उठाएको कुरा साँचो हो। सरकारले प्रतिवेदन अध्ययन गरिरहेको छ। अध्ययन पछि उपयुक्त समयमा सार्वजनिक हुन्छ।’
मन्त्रिपरिषद बैठकले गरेका निर्णय :



















