प्रथम दशैँ विशेष चङ्गा चेट कार्यक्रम प्रतियाेगिता हुने

322

काठमााडाैं । हाम्रो संस्कृति परम्परा देखी चलि आएको चंगा उडाउने प्रथा हराउदै गैरहेकोले मध्यनजर गर्दै सांस्कृति परम्पराको जोगाई भाबी पुस्ता लाइ हस्तान्तरण गर्ने ध्येयले दशैं विशेष चंगा चेट कार्यक्रम हुने भएकाे छ ।

चन्द्रगारि नगरपालिकाकाे वडा नं. १ स्थित दहचोक इन्द्रस्थान हाल हेवेन डाडा मा यही शनिवार असाेज १५ गते बिहान १० बजे देखि प्रतियाेगिता हुने भएकाे छ । साे प्रतियाेगितामा प्रथम हासिल गर्नेले बीस हजार रु २०००० , दोस्रो हुनेले दश हजार रु १००००, तेस्रो हुनेले पाँच हजार ५,००० नगद राशीकाे व्यवस्था गरेकाे छ ।

साे प्रतियाेगितामा सहभागीता जनाउनका लागि फारम दर्ता असाेज १३ गते दिनका दिन २ बजे सम्म अन्तिम दर्ता गर्न सकिने छ । फारम दर्ता शुल्क मात्र रु ५०० रहेकाे छ । चन्द्रागिरी एकिकृत समाज सम्पर्क नम्बर : ९८४१५८३३३७ ,९८६९०५२०४५,९७६२८७६०९४ ,९८१८७९५३२३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here