विवादका कारण ‘ह्वाट द फ्लप’ बन्द

46

काठमाडौं । कान्तिपुर टेलिभिजनले कलाकार सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ शो बन्द गरेको छ । पछिल्लो समय कलाकार पल साहसँगको एपिसोड विवादित भएपछि टेलिभिजनले शो नै बन्द गरेको हो ।

महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण बन्द गरिएको टेलिभिजनले जनाएको छ ।

‘ह्वाट द फ्लप’को गत असार २३ गते शनिबार प्रसारित ‘शो’मा कलाकार पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले लिएको अन्तर्वार्ता विवादमा आएको थियो ।

महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि टेलिभिजनले उक्त कार्यक्रम युट्युवबाट हटाएको थियो ।

सन्दीप क्षेत्रीको उक्त कार्यक्रम बेला–बेला विवादमा आइरहन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here