काठमाडौं / काठमाडौं उपत्यकामा होलीको दिन ट्राफिक प्रहरीले उपत्यकामा सुरक्षा जाँच कडा पारेको छ । प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार दिँउसो १२ बजेसम्ममा यी सवारी कारबाहीमा परेका हुन्। जसमा सरकारी गाडी १५, मापसे १४, लापरबाही तरिकाले सवारी चलाउने १५, कागजपत्र नभएको १८६, हेलमेट नलगाएको १७, तीन जना सवार २३ र अन्य २७ गरी कुल २९७ सवारी कारबाहीमा परेका छन्।
उपत्यकाका ७७ स्थानमा चेकिङ प्वाइन्ट र १५ वटा मोबाइल भ्यानहरूले गस्ती गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। अधिकांश चोक, सडक तथा गल्लीहरूमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ।


















