जहाज उडान ढिलाई भएपछि मेक्सिकोको मन्त्रीले दिइन् राजीनामा

153

काठमाडौं- अरु उडानलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएकी छन् । आफ्नो उडानका कारण अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै उनले राजीनामा दिएकी हुन् ।

मन्त्री मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै दिएको राजीनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले स्वीकृत पनि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सरकारी कामका लागि विमानबाट अन्यत्र जाने सिलसिलामा अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएपछि मेनाले राजीनामा दिएकी हुन्। उनकै कारण उडान ढिलो भएपछि सो कार्यको चर्को आलोचना भएको थियो। मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै राजीनामा दिएको जनाइएको छ।

राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उनी दोस्रो सरकारी अधिकारी हुन् । यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले राजीनामा दिएका थिए । डिसेम्बरबाट राष्ट्रपति पद सम्हालेका ओब्राडोरले अघिल्ला राष्ट्रपतिले प्रयोग गर्ने गरेका विलासी जहाज प्रयोग नगरी आम नागरिकले झैं व्यवसायिक विमान प्रयोग गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here