व्यवसायिक भवनहरुमा आगलागी हुँदा दुई करोडको क्षति

188

दोलखा / कालिञ्चोक गाउँपालिका सुनखानी सोती बजारको व्यवसायिक भवनहरुमा आगलागी हुँदा दुई करोडको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार कृष्ण सेढाईंको घरबाट विजुली सर्ट भएर उत्पन्न आगोले इलेक्ट्रोनिक पसल, होटलहरु र मोटरसहित घर जलेको हो ।

आगलागीले घनश्याम उप्रेतीको इलेक्ट्रोनिक पसल, चित्र खरेल, नारायणप्रसाद शिवाकोटी, बासु खरेलसहित तीन वटा होटल र पदमप्रसाद शिवाकोटीको किराना पसल जलेका छन् ।

विद्या विकास इङ्लिस वोर्डिङ स्कुलको बा१३च ३४८४ नम्बरको भ्यानमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । आगोले खसी, बाख्रा, खाद्यन्न, लत्ताकपडामा पनि क्षति पुगेको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here