संविधान विपरीतका कुनै पनि विधेयक अघि बढाउन दिँदैनौं : कांग्रेस

106

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी ल्याएका कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन्।

उनले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा प्रतिकूल हुने गरी ल्याएका विधेयक संसदबाट फिर्ता गर्नुपर्ने जनाएका हुन।

खाँणले विधेयक फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने चेतावनी दिए। पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्रगत आइतबार काठमाडौंमा आयोजित उनले संविधानको रक्षा गर्न नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैँले सडकमा जान बाध्य बनाएको दाबी गरे।

दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरूप्रति अनुदार हुँदै गएकाले विरोध गर्नु परेको खाँणको भनाइ थियो।

ओलीले वाइडबडी विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीको संलग्नता नरहेको दाबी गरेर भ्रष्टाचारलाई प्रश्रय दिएको खाँणको आरोप थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here