भोलिदेखि बुद्ध एयरकाे काठमाडाैं-कोलकत्ता सिधा उडान

179

काठमाडौं– बुद्ध एयरले सोमबारबाट काठमाडौं कोलकाता उडान गर्ने भएको छ । कोलकाताको उडान सोमबार बिहान ८ बजे हुनेछ । हाललाई बुद्ध एयरको एटिआर ७२ ले कोलकाताको उडान भर्नेछ ।

बुद्ध एयरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो। बुद्धले कलकता जाने र आउने भाडा प्रतिव्यक्ति २२ हजार रुपैयाँँ निर्धारण गरेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले अगस्ट तीनबाट गुहावटीपनि उडान गर्ने तयारी भइरहेको जनाए ।

गुहावटी उडानका लागि भारतले बुद्ध एयरलाई सैद्धान्तिक अनुमति दिइसकेको छ । सेप्टेम्बर १ देखि बुद्ध एयरले दैनिक ५ उडान भर्नेछ । ५५ उडान मध्यको एक कोलकाता उडान पनि हो ।

कोलकाता र गुहावटी उडानको मूल्यांकन अक्टोबर अन्तिममा गरिने र सफल भएमा उडानलाई निरन्तरता दिने उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here