आगामी जेठ १८ गते बुढानीलकण्ठ खुला म्यारथन प्रतियोगिता हुने

415

काठमाडौं / काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा खुला म्यारथन दौड प्रतियोगिता हुने भएको छ।
बुढानीलकण्ठ नगरपालिकामा सक्रिय रहेको यूवा एकीकरण क्लबको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो। ‘यूवा एकीकरण क्लबको प्रतिबद्धता, खेलकुदमा सबैको सहभागिता भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी जेठ १८ गते आयोजना गरिने क्लबका अध्यक्ष बिष्णु प्रसाद भट्टराई ले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा बूढानीलकण्ठ भित्र रहेका विद्यालयका विद्यार्थीहरूले तिन किलोमिटर दौड स्पर्धामा प्रतिस्पर्धा हुनेछ उक्त प्रतिस्पर्धामा प्रथम द्वितीय तृतिय नगदसहित ट्रफी प्राप्त गर्नेछन्। कार्यक्रम सहयोगी बुढानीलकण्ठ नगरपालिका साथै सिभम्म सिमेन्ट रहेको र कार्यक्रम बुढानीलकण्ठ नगरपालिका –१० स्थित ह्यान्डबल खेलमैदानमा बिहान ६ बजेबाट हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here