काठमाडौं / गायक प्रकाश सपूतको गीत ‘गलबन्दी’ युट्युब ट्रेन्ड्रिङमा दुई नम्बरमा पुगेको छ । गत वर्ष रिलिज भएको गीत ‘बोल माया’सँग जोडेर निकालिएको गीत ‘गलबन्दी’ युट्युब ट्रेन्डिङमा पुगेको हो ।
एक नम्बरमा हिन्दी चलचित्र छ भने तीन नम्बरमा नेपाली चलचित्र ‘२ रुपैयाँ’ छ । ‘गलबन्दी’मा प्रकाशलाई स्वरमा शान्ती श्री परियारले साथ दिएकी छिन् । गीतका शब्द तथा संगीत प्रकाश स्वयम्को छ । गीतको भिडियोमा प्रकाशसँगै ‘बोल माया’मा कै कलाकार अञ्जली अधिकारी छिन् । भिडियो निर्देशन प्रकाश आफैंले गरेका छन्


















