बैँकका सुरक्षागार्डले आफ्नै पेटमा खुकुरी प्रहार गरे

279

दैलेख- दैलेखमा मेगा बैँकमा कार्यरत सुरक्षागार्डले आफ्नै पेटमा खुकुरी प्रहार गरेका छन् । जिल्लाको सदरमुकाम स्थीत बैंकमा नौमुले गाउँपालिका ६ घर भएका ४७ वर्षीय हस्तबहादुर रानाले आफ्नै पेटमा खुकुरी प्रहार गरेका हुन् ।

सोमवार राति बैंक शाखा प्रबन्धक मञ्जु चन्दलाई फोन आएर कसैले आफुमाथि आक्रमण गरेको खबर आएको र त्यहाँ प्रहरी पग्दा घटना केही नभएको बुझिएको छ । प्रहरी त्यहाँबाट फर्केलगत्तै गार्डले आफैँलाई खुकुरी रोपेर हत्याको प्रयास गरेको जनाइएको छ ।

आफुले सुरक्षार्थ भिरेको खुकुरीले आफ्नै पेटमा हानेपछि उनको पेटमा ३ इन्च गहिरो घाउ भएको छ। अहिले उनलाई उपचारका लागि नेपालगञ्ज रिफरगरिएको छ । उनको मानसिक अवस्था ठिक नभएको र आत्महत्या प्रयास भएको हुन सक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here