अर्थमन्त्रीद्वारा संसद्‌मा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत (LIVE)

256
cy{dGqL 8f=o'j/fh vltj8fåf/f ;+;bdf cfly{s jif{ @)&%÷@)&^ sf] jflif{s jh]6 k|:t't ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं /  अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६/७७ को बजेट संसदको संयुक्त बैठकबाट प्रस्तुत गर्न थालेका छन्। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गरेका हुन् ।

केहीबेरअघि रातो रिबनले बेरेर कालो सुटकेस बोकेर संसद प्रवेश गरेका थिए।

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बुधबार अपराह्न चार बजे करिब १५ खर्ब ७७ अर्ब रुपैयाँको बजेट ल्याउँदै छ।

राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटका लागि सिलिङ परिमार्जन गरेर १५ खर्ब ७७ अर्ब रुपैयाँ पुर्‍याएकाले यति बराबरको बजेट आउने अनुमान गरिएको हो।

अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्ययको विवरण पेस गर्नेछन्।

जेठ १५ गते गणतन्त्र दिवसका साथै बजेट पनि प्रस्तुत गर्ने दिनका रुपमा चिनिँदै आएको छ।

केपी ‌ओली नेतृत्वको नेकपा सरकारले दोस्रोपल्ट बजेट प्रस्तुत गर्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here