आफ्नै जेठानमाथि खुकुरी प्रहार

210

उदयपुर / धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा बेलका नगरपालिका-६ लामीडाँडा बस्ने छत्र बहादुर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरमा पारिवारिक जमघट भइरहेको अवस्थामा छत्रबहादुरले आफ्नै जेठान सोही स्थान बस्ने देविन राईलाई खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले छत्रबहादुरलाई १ थान खुकुरी सहित पक्राउ गरेको हो ।

घाइते देविन राईलाई उपचारको लागि धरान घोपा सुनसरी लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here