पुनःनिर्माणमा एक खर्ब ४१ अर्ब बजेट विनियोजन

101

काठमाडौं / आर्थिक वर्ष २०७६र७७ को बजेटमा भूकम्पपछिको पुनःनिर्माणका लागि रु एक खर्ब ४१ अर्ब बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माण सम्पन्न गर्न रु ५८ अर्ब ७३ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

धरहरा आगामी वर्षभित्र सम्पन्न गर्न रु एक अर्ब बजेटको व्यवस्था गरिएको छ । भूकम्पले क्षति पुगेका सम्पदा दुई वर्षभित्रमा पुनःनिर्माण गरिसक्ने बजेटको लक्ष्य छ । पुनःनिर्माणमा स्थानीय समुदायसँग साझेदारी गरिने नीति बजेटको छ ।स्थानीय पूर्वाधार कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रका लागि रु छ करोड व्यवस्था भएको छ । तराई–मधेश समृद्धि कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here