फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले दियो सफाइ

172

 काठमाडौं /  ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ ।

गत मिति २०७५ मंसिर २३ गते सार्वजनिक शान्ति विरुद्धको कसूरमा १ हजार जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको इजलासले गरेको फैसलालाई उल्ट्याउँदै काठमाडौँ जिल्ला अदालतका माननीय न्यायाधीश जनार्दन भट्टराईको इजालासले सोमबार सफाइ दिएको हो ।

फणीन्द्र नेपालले सार्वजनिक स्थानमा मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ७० को (१)बमोजिम कसुर अपराध गरेको ठहर गर्दै सोही ऐनको दफा ७०(२) बमोजिम रू.एक हजार जरिवाना हुन्छ भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौँले फैसला गरेको थियो । जिल्ला प्रशासनको फैसला उपर नेपालले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन दर्ता गराएका थिए । सोहि फैसला बमोजिम नेपालले सफाइ पाएका हुन् ।

नेपालका तर्फबाट अधिवक्ता सुजित के.सीले बहस गरेका थिए ।

२०७५ भाद्र १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको औपचारिक भ्रमणका क्रममा काठमाडौंमा अवतरण गरेकै दिन अभियन्ता नेपाललाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसूरको अपराधमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here