प्रहरीलाई प्राबिधिक उपकरणहरु हस्तान्तरण

227

सप्तरी / समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयको सभाहलमा मंगलबार आयोजित एक कार्यक्रमबीच उद्योग वाणिज्य संघ सप्तरी तथा अक्सफाम नेपालद्वारा प्रहरीलाई बिभिन्न प्राबिधिक उपकरणहरु हस्तान्तरण गरिएको छ ।

सडक दुर्घटना न्युनिकरणका लागि उद्योग वाणिज्य संघ सप्तरीले ५ थान ब्रेथलाईजर र लागूऔषध प्रयोगकर्ताले लागूऔषध सेवन गरेरनगरेको परीक्षण गर्ने म्च्ग्न्क् प्क्ष्त् द्यइह् ५० थान तथा विपद उद्दार तथा जोखिम न्यूनिकरण गर्ने प्रायोजनार्थ अक्सफाम नेपालद्वारा करिव ४० हजार रुपैयाँ बराबरको ध्ययम ऋगततभच ःबअजष्लभ जिल्ला प्रहरी कार्यालय सप्तरीलाई हस्तान्तरण गरिएको हो । उद्योग बाणिज्य संघ, सप्तरीका अध्यक्ष अरुण प्रधानले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टलाई उक्त सामानहरु हस्तान्तरण गर्नुभएको थियो ।

प्रहरी उपरीक्षक बिष्टले मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई नियन्त्रण गर्न तथा लागूऔषध प्रयोगकर्ताले लागूऔषध सेवन गरेरनगरेको परीक्षण गरी कारवाही गर्नका लागि अत्याधुनिक प्रविधिको आवश्यकता भएको उल्लेख गर्दै उद्योग बाणिज्य संघ र अक्सफाम नेपालबाट प्राप्त सामाग्रीहरुले प्रहरी कार्यमा थप सहयोग हुने बताउनुभयो । साथै उक्त सामग्री प्रदान गरेकोमा उद्योग बाणिज्य संघ र अक्सफम नेपाल प्रति हार्दिक आभार प्रकट गर्नुभयो । कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उद्योग वाणिज्य संघ तथा अक्सफाम नेपालका प्रतिनिधिहरू लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here