किरण चेम्जोङले माल्दिभ्सको लिग नखेल्ने

559

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका उत्कृष्ट गोलकिपर किरण चेम्जोङ र माल्दिभ्सको टिसी स्पोट्र्स क्लबबीचको सम्झौता रद्द गरेको छ ।

नेपाली टीमको मैत्रीपूर्ण खेललाई मुख्य प्राथमिकतामा राखेका कारण किरणले माल्दिभ्सबाट व्यवसायिक फुटबल खेल्ने मौका गुमाएका थिए । यो सिजनको लागि किरण र क्लबबीच लिखित सम्झौता भइसकेको भएता पनि किरणले माल्दिभ्स गएपछि मात्रै उक्त सम्झौता पत्र पाउने थिए ।

नेपाली टीमको मैत्रीपूर्ण खेल र माल्दिभ्सको लिग एकै समयमा हुने भएपछि किरणलाई समस्या परेको थियो । आफ्नो मुख्य खेलाडी टिममा नहुने भएपछि किरणलाई क्लबले सम्झौता रद्द गर्न आग्रह गरेका थिए । किरणका अनुसार, ‘अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमबाट रिलिज दिएन, उता क्लबले पनि मानेन । दुबै तिरको मुख्य खेलाडी भएको हुँदा क्लबले सम्झौता रद्द गर भन्यो ।’

अब ९९ प्रतिशत आफू माल्दिभ्सको टिसी क्लबबाट नखेल्ने किरणले जनाएका छन् । उनले थपे, मेरो पहिलो प्राथमिकता भनेकै राष्ट्रिय टीम हो । दुई वटा मैत्रीपूर्ण खेल नै महत्वपूर्ण ठानेका छौं । यसैमा राम्रो गर्ने हो । हेरौं त्यसपछि के हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here