ग्लोबल आईएमई बैंकबाट राष्ट्रिय बीमा संस्थानको बीमा सेवा पाइने

74

काठमाडौं / राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकहरुलाई जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ । सम्झौतामा संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक र बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौतासंगै राष्ट्रिय बीमा संस्थानका सबै बीमालेखहरु आगामी दिनमा ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरुबाट खरिद गर्न सकिनेछ । यसबाट दुबै पक्षको व्यवसायमा उल्लेखनीय बृद्धि हुने र ग्राहकहरुलाई उत्कृष्ट सेवा पुग्ने विश्‍वास राखिएको राष्ट्रिय बीमा संस्थानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here