काठमाडौं- मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि भूकम्पपको धक्का अझै रोकिएको छैन।


















