संसारकै लामो यात्रुवाहक मुक्तिनाथ केवलकार निर्माणको डीपीआर तयार गर्ने प्रक्रिया सुरु

324

काठमाडौं / संसारकै लामो यात्रुबहाक केबलकार मुक्तिनाथ दर्शन केवलकारको निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अष्ट्रेलियाको जहाज नेपाल आइपुगेको छ ।

कास्कीको नयाँपुलदेखि मुस्ताङको मुक्तिनाथसम्म चल्ने केवलकार निर्माणका लागि सर्भे गर्न अष्ट्रेलियाको जहाज चार दिन लगाएर बुधबार नेपाल आइपुगेको हो ।

मुक्तिनाथ दर्शन प्रालिका इन्जिनियर बिकास पवनाबासुका अनुसार मौसमले साथ दिए अबको दुई–तीन दिनभित्रै डीपीआरको काम थालिनेछ ।

केबलकार निर्माणका लागि सो क्षेत्रमा करिव ८४ किलोमिटर क्षेत्रफलमा सर्भे गर्नपर्ने र उक्त काम सक्न १० दिनजति लाग्नेछ । डपिीआरका क्रममा नापी विभागका प्रतिनिधि र मुक्तिनाथ दर्शन प्रालिका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच गत भदौमा समझदारी भएको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here