बजेट दुईधारे हो, हाम्रो जस्तो मुलुकमा यस्तै दुईधारे बजेट राम्रो हो : अर्थमन्त्री खतिवडा

126

 काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकका तत्कालीन आवश्यकता पूर्ति गर्ने तथा विकासको दीर्घकालीन आधार तयार गर्ने गरी आगामी आर्थिक वर्ष ०७६/७७ का लागि बजेट ल्याएको जनाएका छन् ।

बजेटबारे जानकारी दिन बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले ल्याएको बजेट दुईधारे भएको जनाउँदै भने, ‘बजेट दुईधारे हो, दोधारे होइन,’ ‘हाम्रो जस्तो मुलुकमा यस्तै दुईधारे बजेट राम्रो हो ।’ बजेटले लिएका सबै लक्ष्य हासिल हुने दाबी गरे । उनले सामाजिक सुरक्षाभत्ता वृृद्धि, स्थानीय पूर्वाधार विकास कार्यक्रमलगायत कार्यक्रमको बचाउ पनि गरे ।

आगामी आवका लागि सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य लिएको छ । तर, अर्थमन्त्री खतिवडाले तोकिएको लक्ष्य हासिल हुने दाबी गरे । ‘चालू आवमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने भनिएको थियो, तर माथिल्लो तामाकोसी र मेलम्ची आयोजना समयमै निर्माण सम्पन्न नहुँदा प्रभाव पर्‍यो,’ उनले भने, ‘यद्यपि, चालू आवमा हासिल हुने ७ प्रतिशतको आर्थिक वृद्धि पनि उच्च नै हो ।

 आगामी दुई वर्षभित्र कर्णाली र प्रदेश दुईलाई सुरुमा पूर्ण उज्यालो बनाउने अर्थमन्त्री खतिवडाले जानकारी दिए । त्यस्तै, उनले  हरेक प्रदेशलाई कम्तीमा दुईवटा अन्तर्राष्ट्रिय नाकामा जोड्ने गरीसमेत बजेट विनियोजन गरिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here