उपराष्ट्रपति पुन आज स्वदेश फर्किँदै

100

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर स्वदेश फर्किदै छन्। आज दिउँसो ३ः२५ बजे स्वदेश आइपुग्ने छन् ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए।

अष्ट्रियामा हुँदा जेठ १३ गते अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग दुई पक्षीय भेट वार्ता गरेका थिए। उनी जेठ १४ गते जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा उपस्थित भएर समूहगत छलफलमा भाग लिएका थिए।

उनी पुन अष्ट्रियाको टेरोल प्रान्तको ईन्सब्रुक सहरमा भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा सहभागी भएका थिए।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी पत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here