७ हजार दर्शक क्षमताको फुटबल रंगशाला निर्माण हुने

134

गुल्मी / गुल्मीमा फुटबल रंगशाला निर्माण हुने भएको छ । जिल्लाको इस्मा गाउँपालिकामा नेपालका प्रथम शहीद लखन थापाको नाममा फुटबल रगंशाला निर्माण सुरु गरिएको हो । गुल्मी सदरमुकाम तम्घासबाट करिव २० किलोमिटर दुरिमा पर्ने रंगशाला क्षेत्र नम्बर २ मा पर्दछ । गतवर्ष सामान्य रुपमा काम भएता पनि यस वर्षबाट भने रंगशाला निर्माणको कामले तीव्रता पाएको छ।

फुटबल रंगशाला निर्माणको जिम्मा पाएको अभियान निर्माण सेवा कालीकोटले जेठ १ गतेबाट काम सुरु गरेको छ। अघिल्लो आर्थिक वर्ष समिति मार्फत १८ लाखमा सामान्य काम भएको थियो । यसवर्ष राष्ट्रिय खेलकुद परिषदबाट बहुवर्षीय ठेक्का मार्फत साढे ६ करोड बजेट विनियोजन भएको छ । इस्मा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष हिरा जिसीले काम थालिएको जनाएका छन् ।

रंगशाला निर्माणको क्रममा मैदान परिषरमा कुनै पनि घर छैन । तर प्राथमिक विद्यालय रहेकाले त्यसलाई स्तानरन्तरण गर्ने तयारीमा रहेको वडाअध्यक्ष जिसीले जानकारी दिए । फुटबल रगंशाला निर्माण हुन थालेपनि नजिकै नयाँ बस्ती पनि थपिदै जान थालेका छन् । रंगशाला निर्माणको काम सुरु भएपछि स्थानीय खुसी छन् । ठूलो चौर खाली रहेको र यसको सदुपयोग हुने गरी रंगशाला बन्ने भएपछि स्थानीयलाई पनि फाइदा हुने हुमकला दर्जीले जनाइन् । निर्माण कम्पनी रंगशाला निर्माणका लागि जमीनको माटो काट्ने काम गरिरहेको छ । यो रंगशालाको दर्शक क्षमता ७ हजार रहेको छ । रंगशाला निर्माणको लागि ७५ करोड लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here