पोर्चुगलमा एक नेपाली युवकको निधन

94

पोर्चुगल- पोर्चुगल सडक दुर्घटनामा एक नेपाली युवकको निधन भएको छ । गुल्मी मुसीकोट नगरपालिका–६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको निधन भएको हो ।

पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति निधन भएको हो । मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ ।

शर्मा एक वर्ष अगाडि पोर्चुगल गएका लिस्बनमा रहेका उनका दाजु अमृतले जानकारी दिएका छन् । उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ । दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले जनाए ।

नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ । मृतकका आमाबुबासहित पाँच दाजुभाइ तथा एक दिदी छन् । सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here