चीनसँग साढे दुई अर्ब बराबरको सैन्य सहायता प्रोटोकलमा हस्ताक्षर

83

काठमाडौ, साताव्यापी चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्ण चन्द्र थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई दिने सैन्य सहयोग सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर गरेका छन् ।
चिनियाँ सेनाले दिने भनेको मानवीय सहायता तथा विपद् व्यवस्थापन अन्तर्गतको १५० मिलियन चिनिया अर्थात झण्डै साढे दुई अर्ब नेपाली बराबरको उपकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । चिनिया पक्षले दिने सहयोगमा हेवी मेकानिकल ब्रिज, रेस्क्यु किट तथा विभिन्न प्रकारका सवारी साधनहरु रहेका छन् ।
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा असार १ गतेबाट चीनको भ्रमणमा रहेका प्रधानसेनापति थापाले बुधबार केन्द्रीय सैन्य आयोगका सदस्य जनरल ली जुचेङसँग शिष्टाचार भेट गरेका छन् । उनलाई बेइजिङस्थित जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
भ्रमणकै सिलसिलामा प्रधानसेनापति थापाले बेइजिङस्थित चीनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गरेका थिए । उनले ग्रेटवाल लगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण समेत गरेका छन् । औपचारिक भ्रमण समाप्त गरी उनी असार ७ गते काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here