आफूहरुले जिम्मेवार प्रतिपक्षको रुपमा भूमिका खेल्ने : उपनेता नेम्वाङ

271

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुले जिम्मेवार प्रतिपक्षको रुपमा भूमिका खेल्ने बताएका छन् । दलको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै उपनेता नेम्वाङले यस्तो बताएका हुन् । उनले आफूहरु जिम्मेवार प्रतिपक्ष भएको नाताले पार्लियामेन्टको अधिकारलाई सम्मान गरेको पनि सुनाए ।

व‌र्तमान प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री बन्दै गर्दा आफूहरु पाँच वर्ष नै प्रतिपक्षमा बस्ने र सरकारमा जाने जनादेश नआएको भनेर सम्बोधन गरेको स्मरण गराउँदै नेम्वाङले भने,‘अहिले उहाँ मेरो अगाडि हुनुहुन्छ, उहाँ प्रधानमन्त्री हुनुभयो, कुन जनादेशले प्रधानमन्त्री बन्नुभयो ?’ देउवा सर्वोच्च अदालतको परमादेशबाट आफूहरुले प्रधानमन्त्री प्राप्त गरेको सुनाए । उनले भने,‘यो मेरो अन्यथा टिप्पणी होईन, उहाँ प्रधानमन्त्री हुनुभएको छ । म बधाई दिन यहाँ उभिएको छु ।’ उनले सर्वोच्च अदालतको पछिल्लो फैसलाले धेरै कुरामा प्रश्न उठाएको पनि सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here