आचार संहिता उल्लघन गरेकोले इंग्ल्यान्ड र पाकिस्तान टीमलाई कारबाही

173

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आचार संहिता उल्लघन गरेकोले इंग्ल्यान्डका दुई खेलाडी र पाकिस्तान टीमलाई कारबाही गरेको छ ।

विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा पाकिस्तानले निर्धारित समयभन्दा एक ओभर ढिलो बलिङ गरेको भन्दै कारबाही गरेको हो । कारबाहीस्वरुप पाकिस्तानका कप्तान सर्फराज अहमदलाई म्याच फीको २० प्रतिशत र अन्य खेलाडीलाई १० प्रतिशत जरिवाना आईसीसीले गरेको छ । सोमबार राति पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दै पहिलो जित निकालेको थियो । त्यसैगरी, इंग्ल्यान्डका ज्यासन रोय र जोफ्रा आर्चरलाई पनि आईसीसीले जरिवाना गरेको छ । खेलका क्रममा दुबै खेलाडीले आचारसंहित विपरित बोलेको आईसीसीले जनाएको छ । दुई खेलाडीलाई म्याच फी को १५–१५ प्रतिशत जरिवाना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here