कोटेश्वरमा ४ जनाको समूहद्वारा खुकुरी प्रहार

329

काठमाडौं /   काठमाडौं वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित एसओएस मोड नजिक मगर लगायतका ४ जनाको समूहले शेर्पालाई कुटपिट तथा धारिलो हतियार खुकुरी प्रहार गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।

घाइते निमा शेर्पालाई उपचारको लागि सिभिल अस्पताल मिनभवन लगिएको छ ।  घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here