विप्लवका जिल्ला सेक्रेटरी सहित डेढ दर्जन नेता कार्यकर्ता पक्राउ

77

काठमाडौ, विप्लव नेतृत्वको नेकपाका १८ जना कार्यकर्ता कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ परेका छन् । प्रहरीले उनीहरुले कार्यक्रम गरिरहेको ठाउँबाट शनिबार साँझ घेराबन्दी गरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ जना रहेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाको विशेष बैठक छ भन्ने सूचनाका आधारमा प्रहरीले अघिल्लो पहिले नै त्यस ठाउँमा निगरानी बढाएको थियो। शनिबार दिउँसो देखि नै घेरा बन्दी गरेको प्रहरीले उनीहरुलाई साँझ ६ बजेमात्र पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here