सरिता लामिछानेलाई पराजित गर्दै चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का

235

काठमाडौं- नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्।

शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटम प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन्।

यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन्। कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here