लघुवित्तको ५०% हकप्रद सेयर जेठ ३० गतेसम्म भर्न सक्ने

87

काठमाडौं / ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्ने अन्तिम दिन बिहीबार जेठ ३० गते हुने भएको छ ।

मंगलबार सहित यस हकप्रदमा आवेदन दिन अब ३ दिन मात्र समय बाँकी रहेको जनाएको छ । ग्रामीणले गत वैशाख २७ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको हो । संस्थाले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यो हकप्रदमा प्रतिसेयर १०० रुपैयाँको दरले आवेदन दिन सकिने छ ।

हकप्रद बिक्री गर्न ग्रामीणले चैत २९ गते बुक क्लोज गरेको थियो । चैत २८ गतेसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु लालदरबार, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर वीरगञ्ज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट यसमा आवेदन दिन सकिन्छ ।

ग्रामीणको बुटवल, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी कार्यालयबाट हकप्रद भर्न पाइनेछ । आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । ग्रामीणले हाल कायम चुक्ता पँजी ६५ करोड ५० लाख रुपैयाँको ५०५ हकप्रद जारी गरेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here