लोकसेवाको विज्ञापनविरुद्ध जनजाति सडकमा

102

काठमाडौं– लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्नुपर्ने माग गर्दै आदिवासी-जनजातिहरुले पनि मंगलबार काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् ।

समावेशी सिद्धान्तको विपरित सो विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न माग गर्दै उनीहरुले मंगलबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा उनीहरुले सरकारलाई संविधान र कानुनअनुसार चल्न पनि सचेत गराएका छन् ।

विरोध प्रर्दशनमा संघीय तामासालिङ मञ्च, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किराँत याक्थुम चुम्लुङ, नेपाल मगर संघलगायतका विभिन्न जातीय संघ, संगठनहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here