भारतीय वायु सेनाको विमानमा सवार सबै सेनाको मृत्यु

114

एजेन्सी / ३ जुनमा असमको जोरहाटबाट उडेको भारतीय वायु सेनाको विमान एएन–३२ मा सवार सबै १३ सेनाको मृत्यु भएको पुष्टि भएको छ । भारतीय वायु सेवाले बिहीबार सबै सुरक्षाकर्मीको मृत्यु भएको आधिकारिक जानकारी सार्वजनिक गरेको हो । “एएन–३२ मा सवार १३ जनामध्ये कोही जीवित नरहेको खबर सुनाउँदा हामीलाई धेरै दुःख लागेको छ । हामी सबैं बहादुर सैन्यकर्मीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं”, भारतीय वायु सेनाले ट्वीटमार्फत भनेको छ ।

हराइरहेको विमानको टुक्रा ११ जुनमा बल्ल अरुणाचल प्रदेशको सियांग जिल्लामा पाइएको थियो । तर, विमानमा सवार सेनाहरूबारे केही जनाइएको थिएन । भारतीय वायु सेनाले मृतक सेनाको नामावली पनि सार्वजनिक गरेको छ । दुर्घटनामा मृत्यु हुनेमा विङ कमाण्डर जीएम चाल्र्स, एच विनोद, आर थापा, आशीष तंवर, एस मोहंती, मोहित के गर्ग, केके मिश्रा, अनुप कुमार, एसके सिंह, पकंज, राजेश कुमार र अन्य दुई सैनिक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here