रिपोर्टिङ स्थलबाटै पत्रकार गाँउले पक्राउ

133

काठमाडौं– समाचार संकलनका लागी त्रिभुवन विश्वविद्यालय पुगेका पत्रकार केबी गाउँले पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको गेटमा जारी अनशनका बारेमा समाचार संकलन गर्न पुगेका गाँउलेलाई बुधवार प्रहरीले रिपोर्टिङ स्थलबाटै पक्राउ गरेको हो ।

उनलाई बुधबार दिउसो साढे १२ बजेतिर पक्राउ गरेर महानगरीय प्रहरी परिसर,टेकुमा राखिएको छ । गाँउलेका बारेमा प्रारम्भिक अनुसन्धान भईरहेको टेकुका एसएसपी उत्तम सुवेदीले जानकारी दिएका छन् ।

केबी गाँउलेका नामले परिचित पत्रकार कृष्ण बहादुर बिक राजधानी काठमाडौंबाट प्रकाशित हुने सुदर्शन साप्ताहिक पत्रीकाका प्रधान सम्पादक हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here