गुठी विधेयकविरूद्ध ललितपुरमा विशाल प्रदर्शन

102

ललितपुर- ‘संसद्‍मा दर्ता भएको गुठी विधेयक’को विरोधमा बिहीबार ललितपुरको पाटनमा विशाल प्रदर्शन भएको छ। नेपाल गुठी संरक्षण संघसंस्थाको अगुवाइमा भएको विरोध कार्यक्रममा सयौंको संख्यामा सर्वसाधारण उपस्थित थिए।

उपत्यकाको संस्कृति विरोधी, जनता विरोधी विधेयक भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनीहरुको माग छ। गुठी सम्बन्धी ऐनको आवश्यकता नै भएमा सन्बन्धित सरोकारवालासँग छलफल र अध्ययन गरेर मात्र नयाँ गुठी बिधेयक ल्याउनु पर्ने उनीहरुको माग छ।

उपत्यकाका तीनै जिल्लाका गुठियारले गुठी प्राधिकरण गठन गर्ने गरी आएको विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

‘सम्पूर्ण गुठीयार एक हौँ’, ‘गुठी हाम्रो प्राण हो’, ‘सम्पदा मास्न पाइदैन’ जस्ता नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here