जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु, पाँच घाइते

107

महेन्द्रनगर / कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान से१त ७३३ नं को जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका अन्य पाँचजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकमध्ये दुईजना पुरुष र एक महिला रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। घाइते पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए। घाईते सबै जनालाई महाकाली अञ्चल अस्पतालमा पुर्‍याइएको छ। मृतकका शवलाई पनि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। मृतकहरु भारतबाट आएका नेपालीहरु हुनसक्ने भएपनि उनीहरुको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक आचार्यले जनाए ।

जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here