दाङ / लमही नगरपालिका-७ कमानपुरस्थित सम्राट सिमेन्ट कम्पनीको नयाँ भनव बनाउने क्रममा बिम भत्किँदा ३ जनाको शनिबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा भारत झारखण्ड बस्ने मंगल केस्यप, दयाल हेरेन्द्र र ४६ वर्षीय लाल सायप रहेका छन् ।
उक्त कम्पनीको बिम भत्किँदा ५ जना कामदार घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अमेलियाबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि फोलोरेन्स अस्पताल लमही दाङ पठाएकोमा उपचारको क्रममा घाइतेमध्ये उनीहरु ३ जनाको मृत्यु भएको हो ।


















