काठमाडौं / गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी डेरा बस्ने सर्लाही मुर्तिया घर भएकी ३५ वर्षीया मिरा मगर सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।
कास्की, पोखरा महानगरपालिका-१४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा हाल नाम, थर, वतन, नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपलिका-२ मगरगाउँ डेरा गरी बस्ने हुम्ला घर भएका करिब १९ वर्षीय बीर बहादुर बैजी सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । आइतबार राति खाना खाई सुतेकोमा सोमबार बिहान १० बजेसम्म ढोका नखुलेको भन्ने खबर प्राप्त हुनसाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो ।
बझाङ, खप्तड छान्ना गाउँपालिका-७ गडराय गाउँकाछान्नामा राम बहादुर खडका सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धना गरिरहेको छ ।


















