विधेयकले गुठीमा धक्का परेको भए सरकारले सच्याउँछः प्रधानमन्त्री

87
प्रधानमन्त्री ओली

काठमाडौ, प्रधानमन्त्री ओलीले मठ मन्दिर तथा धार्मीक तथा ऐतिहासिक गुठीहरु संस्कृति र परम्परासँग जोडिएका हुनाले यस्ता विषयमा सरकारले विचार गर्ने बताएका छन् । उनले कतिपय ठाउँमा गुठीका नाममा जनतामाथि जमिनमा शोषण भइरहेको भन्दै ऐतिहासिक, सांस्कृतिक र परम्परागत मूल्य मान्यतासँग जोडिएका गुठीप्रति सरकार सचेत रहेको बताएका छन् ।
आइतबार एक साता लामो विदेश भ्रमण सकेर स्वदेश फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको विधेयकले गुठीमा कहीँ कतै केही धक्का परेको भए सरकारले त्यसमा विचार गर्ने बताए । ‘गुठीको विषयमा केही मानिसहरुले खुबै मौका पायौँ भन्ठाने होलान, कुनै चान्स आउनलेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने । पुरातात्विक धरोहर, ऐतिहासिक धरोहर, सांस्कृतिक धरोहर वा रितितिथिसँग कुनै कुराले कहीँ पनि अतिकति पनि प्रतिकुल असर जानेर वा नजानेर पारेको भए त्यसलाई सरकारले सच्याई हाल्ने प्रधानमन्त्रीको भनाई थियो । ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो । कहीँ कतै केही नपुगेको देख्दा वा भूलवस भएको देख्दा मौका आयोकी भन्ठान्नु बेकार हो,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here