काठमाडौं । चर्चित नेपाली एप हाम्रोपात्रोले समाचार खण्डमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेको छ । प्रयोगकर्ताहरूका लागि थप सटीक र सूचनामूलक समाचार अनुभव प्रदान गर्न र लोकप्रिय समाचार शीर्ष स्थानमा राख्न एपमा एआई समावेश गरिएको कम्पनीले जनाएको छ ।
शनिवार सामाजिक सञ्जाल लिङ्क्डइनमा एक पोस्ट राख्दै हाम्रोपात्रोका अध्यक्ष रुद्र पाण्डेले यसबारे जानकारी दिए । यस अन्तर्गत हाम्रो पात्रोको होमपेजमा ‘समाचार बुलेटिन’ (News Bulletin) सेक्सन राखिएको छ । उक्त सेक्सनमा एआईले नै सबैभन्दा चर्चित समाचारहरू आकर्षक ढङ्गमा मिलाएर राख्ने पाण्डेले उल्लेख गरे ।
उनका अनुसार यो सुविधाबाट पाठकहरू कस्ता समाचार सामग्री रुचाउँछन् भनेर बुझ्न सकिने छ ।


















