एनआईसी एशिया र राष्ट्रिय बिमा संस्थान बीच बैंकास्योरेन्स सम्झौता

154

काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बिमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here