काठमाडौं / सरकारले गुठी विधेयक फिर्ता लिएको छ । चौतर्फी दबावपछि भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभएको छ ।
राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । विधेयकलाई लिएर भ्रम सृजना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले जनाउनुभएको छ ।

















