काठमाडौँ- बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । युवती अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।
सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङको शव सोमबार राति अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
रामेछापको दोरम्बा घर भएकी विमला केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । घटनापछि मृतक तामाङका आफन्तले अस्पतालमा तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको छ ।


















