काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काँग्रेस सांसदले विरोध जनाए ।
संसद बैठक सुरु भएको सभामुखले घोषणा गरेपछि काँग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर बोल्न समय माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने जनाएका थिए ।
प्रधानमन्त्री बोल्न रोस्टमतिर गएपछि काँग्रेस सांसदले सभामुखको आग्रहलाई अस्वीकार गर्दै रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए ।
उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायत माग गर्दै चर्को नाराबाजी गरेका थिए ।


















